पुनः अध्यक्षमा यादव
बाँके / सभ्य समाज नेपालको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । स्वागत मन्त्ब्य संस्थाका उपाध्यक्ष पुस्पा सुनारले गर्नु भएको थियो । सो साधारण सभा कार्यक्रमको प्रमुख अतिथि गैरसरकारी संस्था महासघं, बाँकेका अध्यक्ष नमस्कार शाहले सभ्य समाज नेपालले ग्रामिण क्षेत्रमा सचेतनामुलक कार्यक्रम र बाल विवाह विरुद्ध अभियान सन्चालन गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य हिक्मत विक, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, युवा अभियान्ता राजन बर्मा, पवन जयसवाल, शिक्षक आदित्य बर्मा लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा उत्कृष्ठ कर्मचारी उदयराज जयसवाललाई घोषणा गरिएको थियो । ५ औ साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ ।
नव निवार्चित कार्य समितिमा अध्यक्षमा पुनः सूर्यलाल यादव उपाध्यक्षमा पुस्पा सुनार, महासचिवमा भिष्म लोध, सचिवमा, सोम गुरुङ्ग, कोषाध्यक्षमा मिना पुन भने सदस्यहरुमा दिपक बज्राचार्य, हसिना मुकेरी, रमेश यादव र रेणु सिहको ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको सभ्य समाज नेपालका नव निवार्चित अध्यक्ष सूर्यलाल यादवले बताउनुभयो । ५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको थियो ।