बालक्लब सन्जालको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा नेन्सी शाह चयन

|

बाँके / नेपालगन्ज उपमहानगरपालिका स्तरीय बाल क्लब सन्जालको नवौं साधारण सभा तथा चौथो अधिवेशन आज सम्पन्न भएको छ । आज भएको चौथो अबिधेशनबाट वडा नं.१० का नेन्सी शाह अध्यक्ष भएकी छिन् । त्यसैगरि उपाध्यक्षमा वडा नंं २२ का स्नेहा मगर, सचिवमा वडा नं.२० का अस्मिता देवकोटा, सह सचिव वडा नं.१ का प्रवेशराज पाण्डे र कोषाध्यक्षमा वडा नं.१९ का रिनु गुप्ता चयन भएका छन् ।

सदस्यहरुमा सोनी भाट, अमृता सिहं ठकुरी,मधु कोरी, रेश्मा बानो, कृतिका न्यौपाने, सविता कुमारी पौडयाल, बुस्रा राई, सोनम बशंकार, सजल बर्नवाल, काजल सिहं ठकुरी, मधु शर्मा, आनन्द कुमार बर्मा, महेन्द्र शाहु, मनिष राय र नन्दकली रोकाय चयन भएका छन् । नवौं साधारण सभा तथा चौथो अबिधेशन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले बालबालिकाको हक हितको लागि जिल्ला समन्वय समिति सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिस्ट, वडा नं.२ का वडा अध्यक्ष सुनिल सिहं हमाल, वडा नं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी, वडा प्रहरी कार्यालयका ईन्चार्ज डिल्ली खड्का, गैरसरकारी संस्था महासंघ,बाँकेका अध्यक्ष नमस्कार शाह, महिला शाखाका प्रमुख शोभा शाह, बालबालिका शाखाका प्रमुख पबित्रा पुरी, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, बालअधिकारकर्मी ऋतिक शाही, साहिल अन्सारी, राजेन्द्र बिस्ट, पुजा बर्मा, श्वेता गुरुङ्ग, सल्मान सल्मानी, मेनका रावत, सहाबुद्धिन हलवाई, देवा बहादुर क्षेत्री, अन्जना चतुर्बेदी लगायतको सहभागिता रहेको थियो।

बालबालिकाको हक हितको लागि नेपालगन्ज उपमहानगरपालिकाले सराहनीय भुमिका खेलेको छ । साथै बाँके जिल्लामा बाल क्लबको गठन र सशक्तिकरणको लागि प्लान ईन्टरनेशनल नेपाल, सेफ द चिल्ड्रेन, युनिसेफ, स्याक नेपाल, बाँके युनेस्को क्लब र सिविन नेपालले मुख्य भुमिका खेलेको पाईन्छ । बाल बालिकाको क्षेत्रमा सहयोग गरेको भन्दै विभिन्न सामाजिक संस्था र ब्यक्तिलाई सम्मान गरिएको छ ।

२०७८ आश्विन १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।