बेतहनी प्रहरी चौकीद्वारा सुरक्षा योजना सार्बजनिक

|

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं २ मा रहेको प्रहरी चौकीले नजिकिँदै गरेको दशैँ तिहार जस्ता चाडवाड लक्षित सुरक्षा योजना आज सार्वजनिक गरेको छ । शनिबार सर्वदलीय बैठक आयोजना गरि बेतहनी प्रहरी चौकीले सुरक्षा योजना सार्वजनिक गरेको हो ।

कोभिड १९ को संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आई नसकेपनि चाडवाड नजिकिएकोले स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई प्राथमिता दिन प्रहरीको आग्रह छ । चाडबाडको बेला हुनसक्ने सम्भावित चोरी, सवारी दुर्घटना, झै झगडा, जुवातास जस्ता घटनाहरु नियन्त्रण गर्ने चाडपर्व लक्षित योजनामा उल्लेख छ ।

त्यसका लागि बेतहनी प्रहरीले टोल टोलमा प्रहरी टोली खटाउने भएको छ । मोटरसाइकल गस्ती, पैदल गस्ती लगायतमा जनशक्ति खटाइने बेतहनी प्रहरी चौकीका इन्चार्ज कुल बहादुर बिकले जानकारी दिनु भयो ।

विभिन्न धार्मिक स्थलहरुमा प्रहरी परिचालन गर्ने बताउदै इन्चार्ज बिकले आवश्यकता अनुसार जिल्ला प्रहरी कार्यालय संग समन्वय गरि सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिनु भयो ।

२०७८ आश्विन १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।