दाङका पत्रकार हेम प्रकाश वलीको निधन

|

दाङ । दाङका पत्रकार हेम प्रकाश वलीको निधन भएको छ । सल्फास नामक किटनासक औषधी खाएका वलीको उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको हो ।

शुक्रबार बिहान विषादी खाएका वलीलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वलीलाई थप उपचारकालागि नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज पुर्याईएको थियो । नेपालगन्जमै उपचारका क्रममा वलीको शुक्रबार बेलुका ५ बजे मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ ।

रेडियो तुलसीपुर र एसटीएन च्यानलमा कार्यरत वलीले विषादी खानुको कारण नखुलेको प्रहरीले जनाएको

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।