बढैयाताल वडा नं. ८ र ९ का विपन्न ५५ परिवारलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण

|

बढैयाताल (बर्दिया) / अष्ट्रेलियन एडको सहयोगमा केयर नेपालको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह(बी ग्रुप)ले सन्चालन गरेकाे कोभिड १९ आपतकालीन प्रतिकार्य र पुनर्लाभ परियोजना मार्फत बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका भित्रका कोभिड–१९ प्रभावित विपन्न परिवारहरुलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरिएको छ । मंगलबार देखि सुरु भएको सो खाद्यान्न वितरण कार्यक्रम आज दोस्रो दिन वडा नम्बर ८ र ९ का ५५ जना अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सो कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका भित्रका कोभिड–१९ बाट प्रभावित २५० धरधुरीले भ्यालु भौचर मार्फत रु १०,१९५ बराबरको खाद्यान्न तथा सरसफाइ प्राप्त गर्नेछन् ।

आइ एम ई सँगको सहकार्यमा डिजिटल भ्यालु भौचर तयार गरी प्रत्येक लाभग्राहीले भ्यालु भौचर मार्फत सामग्री प्राप्त गर्ने व्यवस्था मिलाइएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो । लाभग्राहीहरुले १० हजार १ सय ९५ बराबरको दाल, चामल, आलु, प्याज, नुन, तेल, साबुन, सरफ लगायतका विभिन्न १६ ओटा खाद्यान्न तथा सरसफाई सामग्री प्राप्त गरेका छन् ।
दोस्रो दिनको खाद्यान्न सहयोग कार्यक्रमको उद्घघाटन कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष कान्छु थारुले लाभग्राहीलाई सामाग्री वितरण गरेर शुरुवात गर्नुभएको थियो । सो कार्यक्रममा बोल्नु हुदै अध्यक्ष थारुले सबै कोभिड प्रभावित घरघुरीलाई दशै नजिकै आएको अवस्थामा सहयोग हुदाँ विपन्न परिवारलाई यो सहयोग प्याकेजले ठूलो राहत पुगेको बताउनु भयो ।

त्यसै गरि बी–ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले बढैयातालमा अति विपन्न र कोभिड प्रभावित परिवारहरुलाई पालिकाको सिफारिसमा पहिलो पटक खाद्यान्न सामाग्री वितरण गरिएको जानकारी दिनुभयो । सो कार्यक्रममा केयर नेपालका केशव भट्ट र वडा नं.८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठको पनि सहभागिता रहेको थियो । सो कार्यक्रममा फिल्ड सुपरभाईजर सम्झना चौधरी र अशरफ अन्सारीले खाद्यान्न सामाग्री वितरण गर्न सहजीकरण गर्नु भएको थियो ।

२०७८ आश्विन १४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।