बढैयातालमा कोभिड १९ प्रभावित तथा विपन्न परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण

|

बढैयाताल (बर्दिया) / अष्ट्रेलियन एडको सहयोगमा केयर नेपालको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह(बी ग्रुप)द्धारा सञ्चालित कोभिड १९ आपतकालीन प्रतिकार्य र पुनर्लाभ परियोजना मार्फत बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका भित्रका कोभिड १९ प्रभावित विपन्न परिवारहरुलाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरिएको छ ।
आज मंगलबार देखि सुरु भएको वितरण कार्यक्रम ५ दिन सम्म सन्चालन हुनेछ । वितरणको पहिलो दिन वडा नम्बर ६ र ७ का लाभग्राहीहरुलाई खाद्यान्न सामग्री वितरण भएको हो ।

यस कार्यक्रम अन्तर्गत बढैयाताल गाउँपालिका भित्रका कोभिड १९ बाट प्रभावित २५० धरधुरीले भ्यालु भौचर मार्फत रु १०,१९५ बराबरको खाद्यान्न तथा सरसफाइ प्राप्त गर्नेछन् । आइ एम इ सँगको सहकार्यमा डिजिटल भ्यालु भौचर तयार गरी प्रत्येक लाभग्राहीले भ्यालु भौचर मार्फत सामग्री प्राप्त गर्ने व्यवस्था मिलाइएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो । लाभग्राहीहरुले १० हजार १ सय ९५ बराबरको दाल, चामल, आलु, प्याज, नुन, तेल, साबुन, सरफ लगायतका विभिन्न १६ ओटा खाद्यान्न तथा सरसफाई सामग्री प्राप्त गरिरहेका छन ।

खाद्यान्न सहयोग कार्यक्रमको उद्घघाटन कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले लाभग्राहीलाई सामाग्री वितरण गरेर शुरुवात गर्नुभएको थियो । सो कार्यक्रममा बोल्नु हुदै अध्यक्ष श्रेष्ठले सबै कोभिड प्रभावित घरघुरीलाई समेट्न नसके पनि अति विपन्न घरधुरीलाई समेटिएको र तिनीहरुको लागि यो सहयोग प्याकेजले ठूलो राहत पुगेको बताउनु भयो ।
त्यसै गरि बी–ग्रुपका कार्यक्रम संयोजक दुर्गा पन्थीले बढैयातालमा पहिलो पटक खाद्यान्न सामाग्री लिएर आएको र आगामी दिनमा विभिन्न कार्यक्रम मार्फत सहयोगको खाँचो भएका सबैलाई समेट्ने हुदाँ धैर्य राख्न हुन आग्रह समेत गर्नुभयो ।

वडा नं.६ लाभग्राही बिक्रम थारुले दशैँको मुखमा खाद्यान्न सामग्री पाएर आफू निकै खुशी भएको बताउनुभयो ।

सो कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष रामहर्ष थारु वडा नं.७ का वडा अध्यक्ष ईन्द्र प्रसाद लुईटेल, फिल्ड सुपरभाईजर सम्झना चौधरी र अशरफ अन्सारीले खाद्यान्न सामाग्री वितरण गर्नु भएको थियो ।

२०७८ आश्विन १२, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।