इजरायल रोजगारीका लागि एक हजार छ सय जनाको नाम सार्वजनिक

|

काठमाडौँ । सरकारले रोजगारीका लागि इजरायल जान लिएको भाषा र अन्तर्वाता परीक्षामा पास भएका एक हजार छ सय जनाको नाम सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ ।

१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए । त्यसबाट अन्तर्वार्ताका लागि १ हजार ८०३ जना छनोट भएका थिए ।

रोजगारीका लागि इजरायल जानेहरुमा ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिलाको नाम सार्वजनिक गरिएको जनाइएको छ ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।