बालिका अनावीया राइको न्यायका निम्ति नेपालगन्जमा प्रदर्शन

|

बाँके । एक महिना अगाडी बाँकेको नेपालगन्जको त्रिभुवन चोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी अढाइ वर्षीया बालिका अनावीया राइको न्यायका निम्ति आईतवार नेपालगञ्जमा महिलाहरुले प्रशासनलाई दबाब स्वरुप प्रदर्शन गरेका छन ।                                                          नेपालगन्जको मुख्य बजार त्रिभुवन चोकमा आम नागरिकहरुले कोणसभा गरि बिरोध प्रदर्शन गरेका हुन । एक महिना बितिसक्दा समेत प्रशासनले ठक्कर दिने मोटरसाइकल चालकको पहिचान गर्न नसक्दा उक्त बिषयमा दवाव मुलक कार्यक्रम गरिएको प्रदर्शनकारीहरुको भनाई छ ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।