
दाङ । पुस्तकले कैदिहरूमा सकरात्मक प्रभाव पारोस भन्ने उद्देश्यले सुरु भएको राष्ट्रिय पुस्तकालय अभियानले कारागार कार्यालय घोराही दाङमा पुस्तकालय स्थापना गरेको छ। दाङमा पहिलो चरणमा प्रदान गरिएको ३०० बढी पुस्तकहरूले ३१७ जना कैदिबन्दि तथा कार्यालयमा अवस्थित सुरक्षाकर्मीहरू लाभान्वित हुनेछन् ।
यो भन्दा पहिले यस अभियान अन्तर्गत कारागार कार्यालय कपिलवस्तु, कारागार कार्यालय अर्घाखाँची, कारागार कार्यालय नवलपरासी तथा कारागार कार्यालय म्याग्दीमा पनि पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्त्रण गरिएको छ।
यस अभियान अन्तर्गत अन्यकामहरू जस्तै कारागार लेखन प्रतियोगिता, कैदिहरूका लेखहरू प्रकाशन आदि पनि गरिर्दै आएको अभियान्ता सुभद्र पोख्रेलले बताउनुभयो ।