श्रीमानले कुटपिट गर्दा कोहलपुरमा एक महिलाको मृत्यु

|

नेपालगन्ज । श्रीमानले कुटपिट गर्दा कोहलपुरमा एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ भगरिया निवासी ३४ वर्षका प्रकाश न्यौपानेले श्रीमती लक्ष्मी न्यौपानेलाई कुटपिट गरी हत्या गरेका हुन् ।

हत्या गरी फरार भएका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । ‘यो घटना शुक्रबारतिरको हो, श्रीमतीलाई मारेको अभियोगमा श्रीमानलाई पक्राउ गरिसकेका छौं, थप अनुसन्धान कार्य चलिरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार कुटपिटबाट गम्भिर घाईते भएकी लक्ष्मीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।