कान्ति ताललाई प्रचार प्रसार गर्न शनिवार फोटो वाक हुदै

|

बाँके । कान्ति ताललाई ब्यापक प्रचार प्रसार गर्नको लागि शनिवार नेपालगन्ज फोटावाकरले फोटो वाक गर्दैछ । सो कान्ति ताल धेरै बर्ष ओझेलमा परिरहेको थियो । अहिले नेपालगन्ज उपमहानगरपालिकाले कान्ति तालको पुनःनिर्माण गरे पछि आन्तरिक पर्यटन आउन थालेका छन् । नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले बिहान र साँझ घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २२ का अध्यक्ष विद्याराम बर्माले बताउनुभयो ।

बाँके र बर्दिया जिल्लामा रहेका जो ओभेलमा परेका पर्यटकीय स्थानहरुलाई फोटो र भिडियोको माध्यमबाट प्रचार प्रसार गरि पर्यटनमा टेवा पु¥याउन फोटो वाक भएको नेपालगन्ज फोटोवाकरका परिकल्पनाकार विशाल राना मगरले बताउनुभयो । वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको ताललाई उपमहानगरपालिकाले एउटा पर्यटकीय स्थलका रूपमा विकास गरेपछि अहिले नेपालगन्ज लगायत जिल्लाका विभिन्न स्थानबाट कान्ति ताल घुम्न आउनेको सख्या बढ्दो रहेको उहाँले बताउनुभयो ।

नेपालगन्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट तालमा पुग्ने गरेका छन् । तालमा अहिले टिकटक र फोटो खिचाउनको लर्काे लाग्ने गरेको स्थानीय बासिन्दा अनुज बर्माले बताए । सो ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनाका साथै तालमा बोटिङको प्रबन्ध गरिँदैछ । उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ । तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएकोले भवियमा उहाँका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ कान्तितालको विकास गरिँदैछ । ताल वरिपरि बाटो बनाइएको छ । ताललाई घेरेर बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ ।

 

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।