बन्यजन्तु ओसार पोसार मुद्दाका फरार अभियुक्त पक्राउ

|

नेपालगन्ज /  बन्यजन्तु ओसार पोसार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ बस्ने ४४ बर्षका मनिराम थारु र सोही ठाउँ बस्ने ४३ वर्षका धनिराम थारुलाई बन्य जन्तु ओसार पोसार मुद्दा लागेको थियो । उनिहरुलाई सम्मानित बाँके जिल्ला अदालतले २०७३ असार १२ गतेको फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएको थियो ।

निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले ५ बर्षपछि अर्थात बिहीवार पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।