तालिवान सरकारलाई सार्कमा सहभागिता गराउन नेपालद्धारा अस्वीकार

|

काठमाडौँ । सार्कको अध्यक्ष नेपालले अफगानिस्तानको तालिवानी सरकारलाई सार्कको मान्यता दिन अस्वीकार गरेको छ । अफगानिस्तान हालसालै सत्ता हत्याएको तालिवानी सरकारका प्रतिनिधिलाई मान्यता दिन अस्वीकार गरेको हो ।

पाकिस्तानले तालिवानी सरकारका प्रतिनिधिलाई सार्कका सहभागिता जनाउन अनुमति दिन आग्रह गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको छ । अफगानिस्तानलाई पाकिस्तान बाहेक सार्कका अन्य कुनै राष्ट्रले मान्यता दिएका छैनन् ।

आउँदो शनिबार सार्क राष्ट्रका परराष्ट्रमन्त्री स्तरीय अनौपचारिक बैठकको आह्वान गर्न लागि पनि अफगानिस्तानको उपस्थित विवादले स्थगित हुन पुगेको छ।

अघिल्लो अशरफ घनी सरकारले प्रतिनिधिको रुपमा नियुक्त गरिएका गुलाम एम इसाकजाई बैठकमा सहभागी नगराउने कुरा लिखित रुपमा दिन पाकिस्तानले गरेको आग्रहलाई अध्यक्ष नेपालले नमानेको जनाइएको छ।

२०७८ आश्विन ७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।