बर्दिया / स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको कर्मचारीहरुलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । प्लान ईन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँके र गेरुवा ग्रामिण जागरण संघको साझेदारिमा २ दिने परियोजना कर्मचारीहरुको क्षमता बिकास तालिम ठाकुरद्धारामा शुरु गरिएको छ ।
सो दुइ दिने तालिमको स्याक नेपाल बाँकेका ७ जना तथा गेरुवा ग्रामिण जागरण संघका ४ जना गरि ११ जना परियोजना कर्मचारीको सहभागीता रहेको छ । क्षमता बिकास तालिमको उदेश्य तथा यसको प्रकृयाका बारेमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालयका सिकाई बिज्ञ बेद प्रसाद डाँगीले जानकारी गर्नुभएको छ ।
तालिमको सहजीकरण बेद प्रसाद डांगीले गर्ने योजनाका साथ तालिम शुरु गरिएको छ । दुइ दिन सम्मको बसाइमा परियोजनामा भएका राम्रा अभ्यास तथा यसको कार्यान्वयन र प्रभावकारीताका लागी छलफल गरिने छ । तालिमको स्वागत तथा शुभारम्भ स्याक नेपाल बाँकेका सिकाई परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले गर्नु भएको थियो ।






