अनाबियाको न्यायको निम्ति नेपालगन्जमा बृहत दबाबमुलक नागरिक आन्दोलन गरिने

|

बाँके । अनाबियाको न्यायको निम्ति बिहिवार नेपालगन्जको त्रिभुवन चोकमा बृहत दबाबमुलक नागरिक आन्दोलन गरिने पिडित परिवारले पत्रकार सम्मेलन गरि जनाएको छ ।

गत भदौ ७ गते नेपालगन्जको त्रिभुवन चोक नजिकै आफ्नो मामा संग हिडिरहेकी अनाबियालाई एक्कासी एक पहिचान नखुलेको मोटरसाइकलले पछाडीबाट दिएको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । नेपालगन्ज उपमहानगरपालिका ११ कि अढाई बर्षिय बालिका अनाबियाले ज्यान गुमाएको आज करिब एक महिना पुगिसक्दा पनि कुनै पनि न्याय नपाउँदा अन्ततः आन्दोलनमा उत्रिन बाध्य भएको मृतकको बुवा ईमरान राईले बताउनुभयो।

हाल सम्म पनि बाँके प्रहरीले दोषी पत्ता लगाउन नसक्दा प्रशासनलाई दबाबमुलक आन्दोलन आयोजना गरिएको पिडित परिवारले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । दबाबमुलक नागरिक आन्दोलन भोलि असोज ७ गते दिउँसो १ बजे देखि सुरु गरिने बुझिएको छ । प्रहरी प्रशासनले घटना बारे निष्पक्ष रुपमा छानवीन गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र तुरुन्त दोषीको खोजी गरि कानुनी उपचार गर्ने लगायत पिडितको माग छ । पीडितलाई न्यायका लागि आम नागरिक तथा विभिन्न राजनीति दलहरुलाई गम्भीरतापुर्वक ध्यानाकर्षण गरिदिन आग्रह समेत गरेका छन ।

 

२०७८ आश्विन ६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।