बाँकेमा होटलको कोठामा झुण्डिएको अवस्थामा एक युवतीको शव भेटियो

|

बाँके। बाँकेमा झुण्डिएको अवस्थामा एक युवतीके शव भेटिएको छ । नेपालगञ्जको पुष्पलाल चोकमा रहेको दुल्लु सिम्ताली भिजन होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा १७ वर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बारबर्दिया नगरपालिका वडा नंं. ८ बर्दियाकी १७ वर्षिय सोनि परियारको शव होटलको कोठामा झुण्डीएको अवस्थामा भेटिएको हो । सोमबार बेलुका ५ बजेको समयमा स्थानियहरुले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको न्यौपानेले बताए ।

प्रहरी स्रोतका अनुसार, शनिबार असोज २ गते देखी नेपालगञ्ज स्थित एक होटलमा बस्दै आइरहेकी परियार कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएकी हुन । पोष्टमार्टमका लागि शवलाई भेरी अस्पताल पठाईएको र घटनाबारे अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।