विश्व शान्ति दिवसको अवसरमा डुडुवामा सरसफाई तथा दिप प्रज्वलन

|

डुडुवा। बाँकेको डुडुवा गाउँपालिकामा विश्व शान्ति दिवस मनाईएको छ । २१ सेप्टेम्बर अर्थात विश्व शान्ति दिवशको अवशरमा नेपाल युनाईट्स, नेपाल युवा परिषद, सभ्य समाज नेपाल र युनाईटेड रिलिजनस इनसियटिभकोे संयुक्त आयोजनामा बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं.४ मा अवस्थित राप्ती पुलमा दीप प्रज्जवलन र पन्चमुखी शिव मन्दिर परिसरमा सरसफाई गरि कार्यक्रम विश्व शान्ति दिवश मनाईएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि डुडुवा गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष भण्डारीलाल यादवले विश्वमा शान्तिको कायम गर्नु पने अभिब्यक्त प्रकट गर्नु भयो । साथै उहाँले अहिलेको युवाहरुले शान्ति कायम गर्नमा मुख्य भुमिका खेल्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय, कम्दीका ईन्चार्ज गोपाल प्रसाद शर्माले मनलाई सबै भन्दा पहिले शान्ति राख्नु सक्नु पर्ने बताउनु भयो । सोही क्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य हिक्मत विक, नेपालगन्ज नगर अध्यक्ष श्रवण कुमार यादव, जिल्ला सचिव रोजेन्द्र विश्वकर्मा, बालअधिकारकर्मी ऋतिक शाही, पत्रकार भिष्म लोध, स्थानीय युवा भोला गुप्ता लगायतको सहभागिता रहेको थियो ।

सभ्य समाज नेपाल, बाँकेका अध्यक्ष सूर्यलाल यादवले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्गले गरेका थिए ।

दिगो विकासको लक्ष्य १६ मा दिगो शान्तिको प्रवद्र्धन र सम्पूर्णलाई न्यायँमा पहुँच पु¥याउन लक्ष्य रहेको र सो लक्ष्यलाई पुरा गर्न यो विश्व शान्ति दिवश संसार भरि २१ सेप्टेम्बरमा मनाईने गरिन्छ । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सन्चारकर्मी, प्रहरी,बुद्धिजिबी, नागरिक समाज, ब्यापारी, शिक्षक तथा विद्यार्थीको सहभागीता रहेको थियो ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।