पहिरो पीडितले गरे बुटवलका मेयर शिव सुवेदीमाथी हातपात

|

बुटवल  /  बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीमाथी हातपात भएको छ । बुटवलस्थित ज्योतीनगरका एक पहिरो पीडितले हातपात गरेका हुन् ।

सोमबार बिहानैदेखि परेको अविरल वर्षाले बस्ती जोखिममा नपरेपछि सुवेदी स्थलगत निरीक्षण गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले आक्रोशित हुदै हातपात गरेका हुन् । आक्रोशित स्थानीय हातपातमा उत्रिएपछि प्रहरी र नगरप्रहरीले मेयर सुवेदीलाई जोगाएका थिए ।

पहिरोले बिस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई उचित व्यवस्थापनमा ध्यान नदिएको आक्रोशित स्थानीयको गुनासो छ । पानी पर्न थालेपछि बल्ल निरीक्षणको नाटक गरेको भन्दै ज्योतीनगरबासी मेयर सुवेदीसँग आक्रेशित भएको र सोही क्रममा घटना हुन पुगेको बुटवलका नागरिक अगुवा बताउँछन् ।

चुरेको पहिरोले ज्योतीनगर क्षेत्रमा सोमबार फेरि ९ वटा घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । करिव एक दर्जन घरहरु जोखिममा छन ।

२०७८ आश्विन ४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।