नि:शुल्क आँखा शिबिर सम्पन्न

|

नेपालगन्ज । शहरी स्वास्थ्य केन्द्र वडा नं. ८ महेन्द्रपार्क र वडा नं ९ पिलारीपूर्वामा नि:शुल्क आँखा  सम्पन्न भएको छ ।

शहरी स्वास्थ्य केन्द्र वडा नं. ८ महेन्द्रपाशिविरर्कमा ९९ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको छ भने १६ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

शहरी स्वास्थ्य केन्द्र वडा नं. ९ पिलारीपूर्वामा १०४ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको र १७ जनाको मोतिबिन्दुको नि:शुल्क शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

अर्को निःशुल्क आँखा शिविर २०७८ असोज ५ गते मंगलबार शहरी स्वास्थ्य केन्द्र वडा नं १० आदर्शनगर र वडा नं ११ भवानीबागमा सञ्चालन हुन गइरहेको आयोजकले जानकारी दिएको छ।

२०७८ आश्विन ४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।