पुरुषलाई होटलमा खाजा खान बोलाई १८ लाख लुट्ने तीन महिला पक्राउ

|

दाङ । एक व्यावसायी पुरुषलाई होटलमा खाजा खान बोलाई १८ लाख लुट्ने तीन जना महिलालाई प्रहरीले दाङको घोराहीबाट नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।
हनी ट्रयापमा पारेर उनीहरूले पैसा असुलेको प्रहरीले जनाएको छ । ‘होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुलेको पाइयो’, दाङ प्रहरी स्रोतले भन्यो ।
१ लाख नगद र १७ लाख चेक लिएका घोराही–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई प्रहरीले सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा ५० लाख रुपैयाँको बार्गेनिङ गरी १८ लाख लिएको पुष्टि भएको छ ।
मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक आर्थिक लाभसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन लागेको छ ।

२०७८ आश्विन ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।