स्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम शुरु

|

बर्दिया / बर्दिया जिल्लाको राजापुर नगरपालिका ठाकुरबाबा नगरपालिका,बारबर्दिया नगरपालिका,गुलरिया नगरपालिका,मधुवन नगरपालिका र गेरुवा गाउँपालिका परियोजना संचालन भएका नगरपालिका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितिका पदाधिकारीहरुका लागि स्टिम एजुकेशन सम्बन्धी क्षमता बिकास तालिम शुरु गरिएको छ । विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले आइतवार देखि ठाकुद्धारामा तीन दिने स्टीम एजुकेशन तालिम शुरु गरिएको छ ।

विद्यालयमा लैंङ्गिक समानता प्रवर्दन गर्न तथा लैंङ्गिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दियाका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितीका पदाधिकारीहरुका लागी लागि स्टिम सम्बन्धी शिक्षण तालिम संचालन गरिएको हो । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेको साझेदारी तथा राजापुर नगरपालिका ठाकुरबाबा नगरपालिका,बारबर्दिया नगरपालिका,गुलरिया नगरपालिका,मधुवन नगरपालिका र गेरुवा गाउँपालिका समन्वय, सहकार्यमा सिकाई परियोजना संचालन नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितिका पदाधिकारीहरुको तालिममा सहभागि गराइएको छ ।

शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंङ्गिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाईमा मद्त पुग्ने अपेक्षा गरिएको छ । तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ ।

तालिमलाई त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्राधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नु भएको छ । तालिमको उद्धघाटन सत्रमा स्याक नेपाल बाँकेका कार्यसमिती सदस्य कैलाश श्रेष्ठको आतिथ्यम सन्चालन गरिएको थियो भने स्वागत तथा कार्यक्रम संचालन स्याक नेपालका फिल्ड सुपरभाइजर दशलाल चौधरीले गर्नुभएको थियो । सो तालिममा १८ शिक्षकको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

२०७८ आश्विन ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।