किशोरीद्धारा बाल विवाह विरुद्ध सचेतनामुलक सडक नाटक प्रर्दशन

|

डुडुवा(बाँके)/ बाल विवाह रोकथाम परियोजना अन्तर्गत सामाजिक सचेतन सरोकार मन्च(स्याक नेपाल) र प्लान नेपाल ईन्टरनेशनलको साझेदारीमा सडक नाटक सम्पन्न भएको छ । समुदायमा बाल विवाह विरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गर्न स्याक नेपालले डुडुवा गाउँपालिकामा सडक नाटक संचालन गरेको छ ।

स्याक नेपालले शनिवार डुडुवा गाउँपालिका–५ को बालापुर र शिवराजुर गाउँमा सडक नाटक संचालन गरेको छ । सडक नाटकमा डुडुवा गाउँपालिका वडा नं.५मा गठन भएको जनचेचना किशोरी क्लबका १२ जना कलाकारहरुले नाटक प्रस्तुुत गरेका थिए । कलाकारहरुमा किशोरी क्लबका सदस्यहरु दिलमाया विक, मनिषा परियार, सुन्तली परियार, यशोदा परियार, युवा परियार, बिनिता भण्डारी, प्रमिता पुन, दिपा ऐरी, माया परियार, सिमा मल्ल, नन्दा खड्का र साबित्री बुढाथोकी रहेका छन् ।

विशेषगरी लैङ्गिक हिंसासम्बन्धी जनचेतना फैलाउन र बाल विवाह रोकथाममा समुदायस्तरसम्म सचेतना फैलाउन सडक नाटकको आयोजना गरिएको स्याक नेपालका फिल्ड सुपरभाईजर आकृति यादवले जानकारी दिईन् । डुडुवा गाउँपालिकाको वडा नं.५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्ने तिब्र तयारी रहेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिए ।

२०७८ आश्विन ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।