विष्णु माझीलाई प्रवल जनसेवाश्री, को–को कलाकारले पाए विभूषण?

|

काठमाडौँ /  सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषण, अलंकार तथा पदक पाउनेहरुको सूचीमा कलाकारहरु पनि परेका छन्।

पछिल्लो समय ‘चरी जेलै’ मा बोलको गीतका कारण चर्चामा रहेकी गायिका विष्णु माझीसहितले विभूषण पाएका हुन्। गायिका माझी विगत १० वर्षदेखि सार्वजनिक रुपमा नदेखिएका कारण विभिन्न चर्चा तथा आंकलन हुने गरेको छ। गायिका माझीले प्रवल जनसेवाश्री पदक पाएकी हुन्। उनीसहित सुप्रवल जनसेवाश्री पाउनेमा रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, चन्द्रराज शर्मा, कुलेन्द्र विश्वकर्मा, देविका प्रधान र नवल खड्का पनि छन्।

यस्तै सुप्रवल जनसेवाश्री पदक गीतकार कालीप्रसाद रिजाल, भजन शिरोमणि गायक भक्तराज आचार्य र कलाकार गौरी मल्लले पाएका छन्।
नेपाली दोहोरी गायिका अमेरिकी नागरिक अन्ना स्टीर, निर्देशक मिलन चाम्स, गायक नवीनकुमार पौड्याल, कलाकार सुजल बम, शिवशंकर रिजाल, राजकुमार राई, राधिका हमाल, रन्जु झासहितले जनसेवाश्री पदक पाएका छन्।

२०७८ आश्विन २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।