म.ब.क्याम्पसको एलएलबि तेश्रो बर्षका विद्यार्थीद्धारा संविधान दिवश मनाए

|

बाँके / नेपालमा गणतान्त्रिक संविधान लागु भएको ६ वर्ष पुरा भएको अवसरमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आईतबार आयोजना गरेको नेपालको संविधान २०७२ को अभ्यास, अवसर र चुनौति शीर्षकमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पसको पुर्व क्याम्पस प्रमुख गणेश कुमार रेग्मीको प्रमुख आतिथ्यमा भएको सो भर्चुअल कार्यक्रममा स्वागत मन्तब्य एलएलबि तेश्रो बर्षका विद्यार्थी विजया धितालले राख्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि रेग्मीले कुनै पनि राष्ट्रको संविधानलाई कानुनी दस्तावेज मात्र राखियो भने कार्यान्वयन नहुन सक्छ त्यसकारण सबैको जातजातिको भावानाको कदर हुने गरि संविधान निर्माण गर्नु पर्नेमा जोड दिनुभयो। सोही कार्यक्रममा विशिष्ट अतिथि महेन्द्र बहुमुखी क्याम्पस, कानुन संकायका प्रमुख लक्ष्मण प्रसाद तिवारीले नेपालको संविधान अति उत्तम रहेको बताउनुभयो साथै समयको परिवर्तन सँगै संविधान पनि परिवर्तन गर्न सकिने बताउनुभयो ।

कानुन संकायका प्राध्यापक निरन्जन ज्ञावलीले संविधानमा उल्लेख भएका प्रावधानलाई तत्काल कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा अतिथिहरु अधिवक्ता लोक बहादुर शाह र विश्वजित तिवारीले पनि संविधानको महत्व बारे प्रष्ट पार्नु भएको थियो । कानुन संकायको तेस्रो वर्षमा बिद्यार्थी जेष्ठ नागरिक समेत रहनु भएका बलभद्र ओलीको अध्यक्षतामा सम्पन्न भर्चुअल सम्पन्न भएको छ । कानुनका विद्यार्थी बिजया धितालले स्वागत गर्नु भएको कार्यक्रममा धन्यबाद ज्ञापन कानुनका बिद्यार्थी बिनोद प्रसाद पनेरुले गर्नु भएको थियो । सो भर्चुअल कार्यक्रम कुल बहादुर रजाली र अम्बिका काफले सन्चालन गरेका थिए ।

 

 

२०७८ आश्विन २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।