जुम्लामा एक जनाको भिरबाट लडेर मृत्यु

|

जुम्ला /  जुम्लाको हिमा गाउँपालिकामा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । सोही गाउँपालिका ७ का ५८ वर्षीय रत्नप्रसाद अधिकारीको शुक्रबार बेलुका भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने वनपाखामा गाईगोरु खोज्न गएको अवस्थामा भिरबाट लडेर मृत्यु भएको हो ।

यहाँको वनपाखा, जंगल बढी भिरालो भएकाले पनि काम गर्न जाने क्रममा लडेर अकालमै मृत्यु भएका घटना धेरै छन् । यहाँको जमिन नै भिरालो भएकोले आफै नै सचेत हुनु पर्ने गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले बताए । भिरबाट लडेर कलिलै उमेरमा उनको निधन भएको भन्दै गाउँपालिकाले स्वकसन्त्व परिवार प्रति धैर्य धारण गर्ने शक्ति पैदा होस भन्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

२०७८ आश्विन २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।