बसको झ्यालबाट टाउको निकाल्दा खम्बामा ठोक्किएर एक युवाको मृत्यु

|

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा बसमा सवार भएका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.१ स्थित पाताभारमा बस्ने १५ बर्षिय आदर्श परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भे१ख१४८३ नम्बरको बसमा सवार रहेका परियार झ्यालबाट टाउको बाहिर निकाल्दा बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं.४ स्थित रहेको पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारको त्रममा नेपालगंज स्थित भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने परियार सवार भएका बस चालकलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जानकारी दिएको छ ।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।