बाँके/ समान अबस्था वा कोबिड महामारी बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ ५७ औ राष्ट्रिय बाल दिवश अबसरमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । प्लान इन्टरनेशन नेपाल फिल्ड अफिस सुर्खेत र सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपालं) बाँकेले सिकाइ परियोजना सन्चालन गरेका बाँके र बर्दिया जिल्लाका विविध कार्यक्रम गरि बाल दिवश मनाईएको छ ।
बाँकेको खजुरा गाउपालीकाको आयोजनामा बाल दिवसको अबसरमा भएको निबन्ध प्रतियोगितामा प्रथम जनता माविका तृप्ती कुमारी खत्री, द्धितिय भुपु माविका सौगात सापकोटा, तृतीय ज्ञानोदय माविका ऋषिरँज पंगेनी र सान्तावना जेनिथ माविका रिविका सापकोटा भएका छन् । त्यसै गरि चित्रकला प्रतियोगितामा प्रथम जनकल्याण माविका छात्र सुजल केसी, द्धितिय गुरास चाईल्ड माविका छात्र सुदिप बिसी, तृतीय अम्बिका बोहरा भने सान्तावना भने आर्दश माविका छात्रा दिपिका परियार भएका छन् ।
यसै गरि बर्दियाको बारबर्दिया नगरपालिका,ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका,गेरुवा गाउँपालिका,र बारबर्दिया नगरपालीकाले बक्तृत्वकला,हाजिरिजवाफ,ठाकुरवावा नगरपालिकाले बक्तृत्वकला,मधुवन नगरपालिकामा बक्तृत्वकला,गेरुवा गाउँपालिकामा बक्तृत्वकला गरि बाल दिवस मनाईएको छ ।

बाल दिबस कार्यक्रम सम्बन्धित जिल्लाको पालिकाको शिक्षा तथा खेलकुद शाखा, महिला बालबालिका शाखाको आयोजनामा संचालन गरिएको र उक्त कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, शिक्षक, बिषयगत शाखाका कर्मचारीहरु, बिधार्थिहरुको सहभागीता रहेको थियो ।
परियोजना संचालन भएका नगर तथा गाउपालिका बाँकेको खजुरा, बर्दियाको मधुवन नगरपालीका, बारबर्दिया नगरपालिका,ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिकामा स्याक नेपाल बाँकेको प्रत्यक्ष सहभागीता तथा सहयोग रहेको थियो भने खजुरा गाउपालिकामा युवा महिलाहरुका लागी बिधालय तहमा महिनावारी ब्यबस्थापन सम्बन्धी अभिभुखिकरण र बारबर्दियामा पालिका स्तरमा कार्यक्रमको समिक्षा बैठक समेत सम्पन्न भएको स्याक नेपालको सिकाइ परियोजनाका परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।






