जिप दुर्घटनामा परि नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

|

काठमाडौं । जिप दुर्घटनामा परेर नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलबाट खोलामा खसेको थियो । दुर्घटना लगत्तै उद्दार गरेर चिसापानी अस्पतालमा लगिएको र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

दुर्घटनामा जिपमा सवार हरिलाल राजभर सामान्य घाइते भएका छन् । गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रममा बिहान जिप दुर्घटनामा परेको पाठकले बताए । गएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट शर्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७७ जेष्ठ ३२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।