२४ घण्टामा थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको १६ हजार ५ सय ३९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

२०७८ भाद्र २८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।