नरैनापुर गाउँपालिकाको वडा नं ६ बाल विवाह मुक्त घोषणा

|

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ आज बाल विवाह मुक्त घोषणा भएको छ । आज शनिबार दिउँसो एक समारोहकाबीच गाउँपालिकाकै पहिलो वडाका रुपमा वडा नं ६ लाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तब र वडा अध्यक्ष बिरेन्द्र पाल सिंहले सयुक्त रूपमा  बाल विवाह मुक्त घोषणा गर्नु भएको छ ।

सो कार्यक्रमको प्रमुख अतिथी अजय कुमार श्रीवास्तबले  आगामी  फागुन महिना भित्र जुन पालिकाले बाल बिबाहमुक्त घोषण गर्छ सो पालिकाले दस लाख पाउने  घोषणा समेत गर्नु भयो । सो कार्यक्रममा अतिथिमा नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देबि श्रीबास्तब, प्रमुख प्रशाकिय अधिकृत दल बहादुर बस्नेत, स्याक नेपालका अध्यक्ष शिबलाल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

वडालाई बाल विवाह मुक्त बनाउने अभियानका रुपमा लामो समयदेखि प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मंच( स्याक नेपाल ) ले बाल बिबाह रोकथाम परियोजना सन्चालन गर्दै आएको बाल विवाह रोकथाम परियोजनाका सुपरभाईजर एव नरैनापुरका स्थानीय त्रिभुवन प्रसाद यादवले जानकारी दिनुभयो । स्याक नेपालका परियोजना प्रबन्धक जगदीश थापाले बाल बिबाहको अनुसन्धानको सार प्रस्तुत गरेका थिए ।

जिल्लामा पछिल्लो समय वडाहरुलाई बाल विवाहमुक्त घोषणा कार्यक्रम तीब्र रुपमा चलिरहेको छ ।

२०७८ भाद्र २६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।