२४ घन्टा अवधिमा ११४६ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार १४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ५४९ आरटी पिसिआर र २ हजार ३६७ एन्टिजेन गरी कुल १० हजार ९१६  जनामा परीक्षण गरिएकोमा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २७ हजार ९५८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा, १ हजार ६६२ संस्थागत आइसोलेसनमा र २५२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४५८ जना र भेन्टिलेटरमा १४५ जना उपचाररत छन् । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ । निको हुने दर ९५ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा २१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।