बर्दियाका प्रत्याभूत बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

|

बर्दिया / बर्दिया जिल्लाका प्रत्याभूत बालबालिकाहरुलाई आजबाट शैक्षिक सामाग्री वितरण शुरु गरिएको छ । प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) द्दारा संचालित प्रत्याभूत संचार परियोजना अन्तर्गत प्रत्याभूत बालबालिकाहरुलाई उपहार स्वरुप उनीहरुको शैक्षिक सहयोग स्वरुप स्कुल किड बितरण गर्न सुरु गरिएको छ ।

प्रत्येक प्रत्याभूत बालबालिकाहरुले आफ्नो उमेर अनुसारको सामाग्री प्राप्त गरेका छन् । उक्त स्कुल किड भित्र ५ बर्ष सम्मको बालबालिकाहरुले १/१ थान बल्याङ्केट, ६ बर्ष देखि १२ बर्ष सम्मको बालबालिकाहरुले झोला- १ थान,डटपेन २-पीस, नोट बुक-२ पीस, सिसाकलम-२ पीस र कपी -२ पीस त्यसै गरि १३ र १४ बर्षको बालबालिकाहरुले MHM Kits जसमा झोला -१ थान, सावुन-३ पीस नड्ढकट- १ थान, टावेल-१ थान माक्स -३ थान, सेनेटरी प्याट- १ प्याकेट र प्याट बनाउने कटनको कपडा-३ पीस ,डाइरी-१ पीस,भित्री बस्त्र-३ पीस, कपी- ३ पीस र डरपेन-३ पीस र १५ देखि १८ बर्ष सम्मको बालबालिकाहरुले झोला -१ थान, डटपेन -६ पीस नोट बुक-४ पीस र नोट कपी-४ पीस, ज्यामीती बक्स -१ पीस बुझेका छन् ।

यसै गरि जम्मा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका ३०० जना प्रत्याभूत बालबालिकाले शैक्षिक सामाग्री वितरण गरिएको र बाके र बर्दियाका जम्मा ८५०५ जना प्रत्याभूत बालबालिकाहरुलाई उनीहरुको उमेर अनुसारको सामाग्री वितरण गरिएको परियोजनाका सिनियर कार्यक्रम संयोजक शेषकान्त शर्माले जानकारी दिनुभयो ।

उक्त सामाग्री पालीका तथा वडा कार्यालयको समन्वय तथा सहकार्यमा वितरण गर्न सुरु गरिएको छ । उक्त सामाग्री बीतरण गर्दा ठाकुरबाबा नगरपालिका वडा नं ५ का बडा अध्यक्षका गंगाराम जैसीका अनुसार यो सामाग्री प¥याप्त तथा कसैको जिवन नै परिवर्तन गर्ने नभएता पनि आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुका लागि निरन्तर बिद्यालय जानका लागि प्रौत्सहान हुने तथा बालबालिकामा पढाई प्रती रुचि बढाउन ठुलो भुमिका खेल्ने बताउनु भएको छ । स्याक नेपाल र प्लान इनटरनेशनल नेपालले बर्दियामा बालबालिकाहरुको समग्र शिक्षाको गुणस्तरमा कार्य गर्दै आएको छ ।

आज बाट नै बर्दियाका बारबर्दिया, ठाकुरबाबा,राजापुर मधुवन, गुलरिया नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकाहरुमा स्वास्थ्य मापदण्ड पालना गरेर सामाग्री बितरण गर्न सुरु गरिएको छ । सो सामाग्री बितरण स्याक नेपालका प्रत्याभूत संचार कार्यक्रमका फिल्ड सुपरभाईजरहरु पुजा बक्छेल, आरती चौधरी, जयकृष्ण थारु, सागर बि.क, आशा भण्डारी, सुमिता थारु र अनिता चौधरीका साथै स्वंम सेवकहरुले गरेका छन् । सो सामाग्री बितरण गर्दा स्थानीय पालिकाका कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।