एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल आईपुगे

|

काठमाण्डौं / एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा कतार एयरवेजमार्फत बिहीबार बिहान ९:२५ बजे काठमाडौं आईपुगेका छन् । उनीहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाण्डौको सुरक्षा अवस्था कडा पारिएको थियो ।

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ। एमसीसीलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

एमसीसीले हिजो नेपालले पठाएको प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको र सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत बताएको छ । एमसीसी संसदबाट सकारात्मक रूपमा अनुमोदन गर्नका लागि नेपाली नागरिकसँग खुला र पारदर्शी रूपमा संवाद गर्न तयार रहेको उपाध्यक्ष सुमारले बताएकी छन् ।

२०७८ भाद्र २३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।