परासी सेवा समाज युएईको तेश्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा भुपराज चयन

|

युएई /  परासी सेवा समाज युएईको तेश्रो महाधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । परासी सेवा समाज युएईमा भुपराज डुम्रेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमित चयन भएको छ । संस्थाको तेस्रो महाधिवेशनले नयाँ कार्यसमिति प्राप्त गरेको छ । नयाँ कार्य समितिमा महिलाको सहभागिता सम्मानजनक रहेको छ । यस संस्थाले युएईमा बसेर नेपालमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा मुना सापकोटा, उपाध्यक्षमा दिपक पाण्डे, कोपिला सापकोटा, महासचिवमा कृष्ण बास्तोला,सचिवमा ध्रुव पाण्डे, कोषाध्यक्षमा भिम प्रसाद भट्टराई, सह–कोषाध्यक्षमा गणपती पाण्डे, प्रबक्तामा सुनिल पाण्डे, महिला संगठन बिभागमा बिन्दु आचार्य, प्रचार प्रसार बिभागमा केदार तिवारी(केशब), सँस्कृतिक बिभागमा शान्ति ढकाल, सक्रिय सदस्यहरुमा पार्वती पंगेनी, शोभा क्षेत्री,उमेश तिवारी,माधब भण्डारी, बिष्णु चापागाई,भुवानन्द पराजुली,रामबहादुर बि.क.,टेक प्रसाद सापकोटा चयन हुुनु भएको छ भने संस्थाको प्रमुख सल्लाहकारमा हरि प्रसाद न्यौपाने र सल्लाहकारहरुमा सन्दीप प्रसाद शर्मा, सीता बराल,अस्मिता क्षेत्री र अनिल कुमार चापागाई चयन भएको प्रचार प्रसार बिभाग प्रमुख केदार तिवारी(केशब)ले जानकारी गराउनुभयो । कार्य समितिको कार्य अवधि २ बर्षको रहने छ ।

सो कार्यक्रम संस्थाको कार्यवाहक अध्यक्ष सीता बरालको सभापतित्वमा सम्पन्न भएको थियो । भने प्रमुख अथिती नेपाली समाज युएइका अध्यक्ष गोविन्द ढकाल रहनु भएको थियो भने विशेष अथितीमा नेपाली समाज युएईको महासचिव बेद प्रसाद अर्याल, नमस्ते त्राबल युएइ ब्यावसायी एकेन्द्र थापा, बराही ज्येलर्स युएईका  ब्यवसायी युवराज भुसाल, परासी सेवा समाज युएईको प्रमुख सल्लाहकार हरि प्रसाद न्यौपाने ,अन्य अथितीहरुमा नेपाली अन्तर्राष्ट्रिय महिला समूह युएई अध्यक्ष अस्मिता क्षेत्री, सैना मैना सेवा समाज युएईका अध्यक्ष केशब ढकाल,नवलपुर सेवा समाज युएईका कार्यबाहक महासचिव गोपाल पराजुली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रायोजकमा बराही ज्यलर्स, वर दुबई र हिमालयन ज्यलर्स, वर दुबई रहेको थियो । कार्यक्रम संचालन परासी सेवा समाज युएईका महासचिव कृष्ण प्रसाद बास्तोलाले गरेका थिए । सो महाधिवेशन जुलाई २३ तारीख शुक्रबार सिन्ध पंजाब रेस्टुरेन्ट बर्दुबैमा सम्पन्न भएको थियो  ।
,

२०७८ श्रावण ११, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।