नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुग्यो

|

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो। कोरोना जित्नेको संख्या भने ८ सय ७७ पुगेको छ।
त्यस्तै अर्घाखाँचीको मालारानी–४ को सार्वजनिक आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको मृत्यु भएकोमा उनको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । उनी १२ दिन अघि भारतको महाराष्ट्रबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए।
उनको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ। शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

२०७७ जेष्ठ ३०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।