बाँके / भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज नयाँ थप १६ जनामा कोभिड १९ संक्रमित भेटिएको पुष्टी भएको छ । बाँके खजुराका १ जना , बर्दिया बढैयातालका ९ जना , गुलरियाका ४ जना र मधुवनका २ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । यो सङ्गै बाँकेमा संक्रमितका संख्या २९६ पुगेको छ ।