नेपालगन्ज / नेपालगन्जका गजेन्द्र मल्लले करिब १५०० भन्दा बढी भारतबाट नेपाल फर्किएका मानिसहरुलाई पानी र खाजा खुवाउन सफल भएका छन् । उनीहरुको मुहारमा केही खुशी देख्दा आत्मसन्तुष्टि प्राप्त गरेका छन् । उनीले आज १० औं दिनमा आफनै घरमा नेपालगन्ज उपमहनगरपालिका वडा नं.१० का २३ अति विपन्न घरपरिवारलाई उनीले १० केजी चामल, ३ केजी दाल १ लिटर तेल १ केजी नुुन र केही फलफुल वितरण गर्नु गरेका थिए । त्यसै गरि नेपालगन्ज उपमहनगरपालिकाका उपमेयर उमा थापामगरको सल्लाह अनुसार नेपालगन्जका १२ जना अपागं ब्यक्तिहरुलाई राहत वितरण गर्ने योजना रहेको मल्ल बताउँटछन् ।
यस अभियानहरुमा नेपालगन्जका उपकार टण्डनले १०० केस पानी, निता जिसी, काठमाण्डौंबाट १००००, अस्मिता तिमिल्सिना, काठमाण्डौंबाट १००००, स्वस्तिका शाही र उर्मिला परियारबाट ५००० , बिकल श्रेष्ठ बाट २५ केस पानी सहयोग गरेका थिए । यो अभियानलाई खाने कुरा बितरन र ब्यबस्थापनमा सुयोग्य बिक्रम शाह, सुमन मल्ल,तारा देवि मल्लले सहयोग गरेका थिए ।
बाँके जिल्लामा रहेका अति विपन्न जो खानाको अभाव रहेको छ तिनीहरुलाई सहयोग गर्ने मल्ल बताउँछन् ।’ साथै उनीले सरकारलाई विषम परिस्थितमा देशका युवाहरुले सहयोग गर्नु पनि सल्लाह दिन्छन् । यतिबेला दैनिक कयौं नेपालीहरु जमुनाह नाका हुँदै घर फर्किने गरेका छन् । भोकै प्यासै घर फर्किनेलाई मल्लको सानो सहयोगले ठूलो राहात महसुस गराएको नेपालगन्ज उपमहनगरपालिकाका उपमेयर उमा थापामगर बताउनुहुन्छ ।