बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

|

नेपालगन्ज। बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके र रुकुम पश्चिमका दुई/दुई जना, सल्यान र दाङका एक/एकजनाका मृत्यु भएको हो ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–५ का २३ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार ४ः३५ बजे र राप्तिसोनारी गाउँपालिका–६ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान २ बजे मृत्यु भएको हो । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० की ६६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार ३ः१० बजे र आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ का ३५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार साँझ ५ः३० बजे र दाङको लमही नगरपालिका–६ का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको ओलीले बताए ।

२०७८ जेष्ठ १२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।