जन्मदिनको अवशरमा आर्थिक सहयोग

|

बाँके । काठमाण्डौ निबासी समाजसेवी तथा कलाकार सृजन भट्टराईको आफ्नो जन्मदिनको अवसरमा कोहलपुरमा रहेको नवजीवन केन्द्रका प्रमुख साहित सिंह ठकुरी मार्फत अन्जनी माता रसोई घरलाई भेरी अस्पताल परिसरमा रहेका बिरामी, कुरुवाहरुका लागि फलफुल तथा अण्डा वितरण गरिएको छ ।

अन्जनी माता रसोई घरका सञ्चालक जितेन्द्रसिंह ठाकुरले सहयोगी हातहरुले जुन सहयोग गरि मानवीय सेवामा समर्पित भएको देख्दा अति हर्षित भएको बताउनुभयो । त्यसैगरी उनले पठाएको नगद ४० हजार मध्ये अन्जनी माता रसोई घरका लागि १५ हजार बराबर फलफुल र अण्डा सहयोग गरेका छन् भने सोहीबाट नेपालगन्जमा शिवसेना नेपालद्वारा सञ्चालित फुड बैंकका लागि नगद ५ हजार फुडबैंकका संयोजक राजकुमार रौनियारलाई हस्तान्तरण गरेका छन् ।

बाँकी बचेको २० हजार जानकी गाउँपालिकामा रहेको समाज बिकास तथा प्रबर्द्धन केन्द्र बाँकेलाई हस्तान्तरण गरेका छन । समाजसेवी युवा साहित सिंह ठकुरी बिगत समयदेखि नै मानवीय सेवामा सहयोग गर्दै आएका छन् ।

२०७८ जेष्ठ १०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।