राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीद्वारा माक्स वितरण

|

सन्धिखर्क । राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँची द्वारा मालारानी ४ खन स्थित माक्सको पहुँचबाट टाढा रहेका दलित घर परिवारलाई माक्स वितरण गरेको छ । उक्त ठाउँमा माक्स नपाईने, पसलहरु धेरै टाढा रहेका, एउटै माक्स घरका अरु सदस्यले पनि प्रयोग गरेको जानकारी पाएपछि राष्ट्रिय दलित पत्रकार संघ, अर्घाखाँचीले सहयोग गरेको हो ।

माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कुराहरु पनि अध्यक्ष सागरले त्यहाँका स्थानीयहरुलाई जानकारी गराउनु भएको हो । उहाले सामाजिक दुरि कायम गर्दै त्यहाका स्थानियका घर घरमा गई माक्स वितरण स्वास्थ सम्बन्धि जानकारी दिदा त्यहा स्थानीयहरु खुसी ब्यक्त गरेका थिए । हामी एक अर्कालाई भेट्दा होस् वा घरबाट बहिर निस्कदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने भन्दै माक्स वितरण गर्नुभएको हो । साथै राष्ट्रिय दलित पत्रकार संघ, दलितहरुका हक हितमा लागि सधैव खटिरहने बताउनुभयो । माक्स वितरण राष्ट्रिय दलित पत्रकार संघ, अर्घाखाँचीका अध्यक्ष सागर परियारको नेतृत्वमा सचिव अयन विश्वकर्मा, सदस्य सरु सुनार, विक्रम नेपाली, विजय नेपाली र पत्रकार नविन रसाइलीको सहभागिता रहेको थियो ।

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।