अमेरिकी सहयोगको स्वास्थ्य सामग्री नेपाल आयो

|

काठमाडौं । कोभिड-१९ को दोस्रो लहरबाट नराम्ररी प्रभाबित भएको नेपाललाई सहयोगी राष्ट्रहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । पछिल्लो पटक संयुक्त राज्य अमेरिकाबाट अमेरिकी सहयोग निकाय(युएसएआइडी) ले सहयोग उपलब्ध गराएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आकस्मिक सहयोगको अनेकौं खेपमध्येको पहिलो खेप नेपाल आइपुगेको बताउनुभएको छ । युएसएआइडीले अनुदानमा उपलब्ध गराएको सहयोग सामग्री बोकेको उडान शनिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त सहयोग सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।
राजदूत बेरीले स्वास्थ्य सम्बन्धी यी सामग्रीहरुले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोभिड १९ बिरुद्धको लडाइँमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।