योगेश भट्टराईले खनाल-नेपाल समूह छोडे

|

काठमाण्डौं । लामो समयदेखि ओली समुह बिरुद्ध सक्रिय रहँदै मन्त्रीपदबाट समेत राजीनामा दिएर खनाल नेपाल समुहमा सक्रिय रहेका नेता योगेश भट्टराईले निर्णायक मोडमा आफ्नो समुह छाडेका छन् । उनले प्रधानमन्त्रीको बिरुद्ध हस्ताक्षर गर्नु पर्ने अवस्था आए पछि उनले त्यो आँट गर्न सकेनन् । यसलाई माधव समुहका नेताहरुले एक हिशाबको धोकाको रुपमा बुझेको स्रोतको दाबी छ ।
‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु। योगेशले आज लेखेका छन् ।

 

२०७८ जेष्ठ ७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।