काठमाण्डौं । प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमको बिरोध भईरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । साढे १२ बजे पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अचानक ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्ना उम्मेद्धार राम बहादुर थापा पराजीत भएसँगै मन्त्रीपरिषद्को बैठकले धारा ७६९५० अनुसार सरकार गठनको लागि आव्हान गर्न राष्ट्रपतिलाई सिफारीस गरेको थियो । यसले संविधानको मर्ममाथि प्रहार भएको भन्दै दलहरुले आपत्ति जनाएका छन् ।






