हरित अभियन्ता हेमन्तराज काफ्ले ‘अब्राहम कन्जरभेसन अवार्ड–२०२१ बाट सम्मानित

|

बाँके । विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले बाँकेका हरित अभियन्ता हेमन्तराज काफ्लेलाई ‘अब्राहम कन्जरभेसन अवार्ड–२०२१ बाट सम्मानित गरेको छ । डब्लुडब्लुएफले हरेक बर्ष बन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेका ब्यक्ति र समुहलाई उक्त पदबाट सम्मानित गर्दै आएकोमा यसबर्ष काफ्लेलाई सम्मानित गरेको हो ।

बातावरण संरक्षणमा रुची राख्ने उनले साथीभाईको जन्मदिनमा निशुल्क रुपमा विरुवा उपहार दिँदै आएका छन् । हरित अभियानलाई साकार पार्न उनले सितल चिनी, निम, जामुन लगायत उपयोगी रुखका विरुवा उत्पदान गरि वितरण गर्दै आएका उनलाई डब्लुडब्लुएफले ५० हजार रुपैँया पुरस्कार दिएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्रीद्वय लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डा. महावीर पुन, विक्रम पाण्डे लगायतलाई निम, जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिइसकेका छन् ।

रुखलाई जीवन सम्झने उनले नयाँलाई भेट्ने वित्तिकै बिरुवा उपहार दिने गरेका छन्। उनले जन्मदिनमा उपहार दिएका विरुवा हुर्केर ठूला भइसकेका छन् । उनले विरुवा उपहार दिएर नेपालगन्जलाई हरियाली बनाउने अभियान मात्र थालेका छैनन् । उनले घर आगन र करेसाबारीमा रुख रोप्नु पर्छ भन्ने चेतना पनि जगाएका छन् । उनी भन्छन्, ‘मैले विरुवा उपहार दिएर रुख रोप्ने प्रेरणा मात्र दिएको छैन, रुख रोपेपछि बातावरण सफा हुन्छ भन्ने सन्देश पनि दिएको छु । मेरो प्रेरणाले नेपालगन्ज लगायत देशका अन्य सहरमा ६० हजार विरुवा रोपिएको छन् ।’

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।