अनलाइन पत्रकार संघ, बाँकेद्धारा साता ब्यापी रक्तदान कार्यक्रम सुरु

|

बाँके । अनलाइन पत्रकार संघ, बाँकेले साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमित विरामीलाई लक्षित गरि संघले साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको हो ।कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि साता ब्यापी रक्तदान कार्यक्रम बुधवारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी दिनुभयो ।

उहाँले संकलित रगत कोरोना संक्रमित विरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य विरामीलाई समेत दिन सकिने बताउनुभयो ।

रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो । उहाँले रक्तदान जस्तो जस्तो पुन्य कार्यमा सहभागी हुन अपिल समेत गर्नुभएको छ ।

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।