बाँकेमा थप १७ कोरोना भाइरस सङ्क्रमितको मृत्यु

|

नेपालगन्ज /  बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप १७ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरि कुल १७ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका(७ दाङका ३० वषीया महिला, सानोभेरी नगरपालिका-११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८४ वर्षीय पुरुष हुनुहुन्छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका-२ बाँकेका ५९ वर्षीया महिला, टिकापुर नगरपालिका-१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ बाँकेका ५८ वर्षीया महिला र नेपालगन्ज उममहानगरपालिका(३ बाँकेका ६१ वषीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार त्रिवेणी गाउँपालिका-१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका-४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका(२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका-५ कैलालीका ६८ वर्षीया महिलाको संक्रमणकै कारण मृत्यु भएको छ ।

१३ घण्टाको अवधिमा यति धैरै संक्रमितहरुले ज्यान गुमाएको यो पहिलो पटक हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका २०९ जनाको र जिल्लाकै २५३ जनाको मृत्यु भईसकेको छ ।

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।