लमजुङ केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प

|

लमजुङ  / लमजुङ केन्द्रबिन्दु भएर बुधबार बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्। लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भूकम्पले धेरै क्षती पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए ।

लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिएका छन् ।यस्तै भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्कने क्रममा भागदौड हुँदा केही मानिस सामान्य घाइते भएका छन् छन्।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार भूकम्पले कच्ची घरहरूमा बढि क्षति पुगेको छ भने केही स्थानमा सुख्खा पहिरो पनि खसेको छ । क्षतिबारे सम्पूर्ण जानकारी नआएको उनले बताए । यस्तै बिभिन्न स्थानमा पक्कि घरहरुपनि चर्किएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रिक्टर स्केलको भूकम्प गएको हो ।

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।