२४ घन्टामा ९ हजार २४७ कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर २१ हजार ६ सय ५३ आरटी पिसिआर र ४ सय ३४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । यीमध्ये १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । काठमाडौंमा २ हजार ३ सय ४६, ललितपुरमा ४ सय ५४ र भक्तपुरमा २ सय ९८ जना गरी उपत्यकामा ३ हजार ९८जना संक्रमित थपिएका छन् ।

सोमबार देशभर ५ हजार ७ सय ६७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार ७ सय ६७ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ४५ हजार ५ सय २३ जना पुगेको छ । निको हुने दर ७४।४ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टाको अवधिमा २ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।