नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञाको समय फेरि एक साता थपिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गर्दै बाँकेमा जारी निषेधाज्ञा एक साताका लाथरग थप गरिएको जनाएको हो ।
कोभिड-१९ को संक्रमण दरमा कमि नआई परिस्थिति असहज बन्दै गईरहेको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन जेष्ठ १० गते राती १२ बजेसम्मका लाथि निषेधाज्ञा लगाईएको सूचनामा उल्लेख छ ।







