वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

|

काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।  कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । गएको १६ गते देहरादुनबाट काठमाडौं आउनुएका उहाँलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिए पनि कोरोना भाइरसबाट पनि संक्रमित भएपछि एक हप्तादेखि उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विसं १९९५ साल कात्तिक २२ गते जन्मिनुभएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भनेसहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन् ।

गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका उहाँको गीत निकै चर्चित रहेका छन् । विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गर्नु भएका उहाँका श्रीमती र दुई छोरा छन् ।

२०७८ जेष्ठ २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।